आमाको सिलाइ पसल अघि जुली
संसारका ठूल्ठूला सामाजिक क्रान्तिको थालनी कुनै न कुनै एक विन्दूबाट सुरु भएका छन्। म्यागसेसे विजेता महावीर दाइका काममा सघाउँदै हिँड्दा मलाई केही ‘अरुको कल्याणका लागि गर्ने’ जाँगर बढ्दै छ। मलाई थाहा छ तपाइँ पढालेखा हुनुहुन्छ। र तपाइँसँग इन्टरनेट पहुँच छ। तर राम्रो शिक्षा नपाएको भए यतिबेला तपाइँ कहाँ हुनुहुनुहुन्थ्यो होला ? कल्पना गर्नुहोस् त। हाम्रा गाउँहरुको कथा सुन्नुभएको छ ? अथवा धेरै भोग्नुभएको पनि हुनसक्ला। अनि त्यहाँको गरिबीलाई अनुभव गर्नुभएको छ ? अथवा तपाइँ आफै त्यस्तै परिवारबाट माथि उठेको हुनुहोला। हो, संसारमा गरिबीभन्दा ठूलो दुःख केही छैन
No comments:
Post a Comment