अहिले सामान्य परिवारको खर्च कति हुन्छ र कर्मचारीहरुको तलब कति छ- म यहाँ तथ्य मात्र राख्दैछु। विश्लेषण गर्ने जिम्मा तपाईँको। खर्चसम्बन्धी विवरण एउटा बैँकको विज्ञापन हो। अनि कर्मचारीको तलब चाहिँ नयाँ बजेटले बढाएको तलबमान हो।
(more…)
एमालेभित्रको वर्ग संघर्ष
भानु पौड्याल
कुनै जमाना थियो, तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माले) को सैद्धान्तिक मूखपत्रको नाम ‘वर्ग संघर्ष’ थियो। त्यसो त पूर्वको कोअर्डिनेशन केन्द्रमा पश्चिमको मूक्ति मोर्चा समूह मिलेपछि थप मूखपत्र ‘मूक्ति मोर्चा’ पनि प्रकाशित हुन थाल्यो। त्यो जमानाको कुरा गर्दा यी दुई मूखपत्रहरुले पार्टी बर्ग सङघर्षको निरन्तर बिकासको माध्यामबाट श्रमजीवी वर्गको मूक्तिकोलागी लड्ने जोताहा किसानहरु र मज्दुरहरुको मोर्चा हो भन्ने देखाउंथे। यो जमानाको कुरा गर्दा, भ्रष्टचारी र राष्ट्रघातको माध्यामबाट आफ्नो जिन्दगीमा अकुत सम्पती र अत्याधुनिक सुबिधाको ‘नवयुग’ ल्याइसकेका एमालेका नेताहरु ‘सूर्य’को रापलाई एकलौटी बनाउने आपसी संघर्षमा ब्यस्त छन। आफ्नै नेताको बिरुद्धमा ‘वर्ग संघर्ष’को बिकास गर्न नेपाली जनताहरुसंग मिलेर संयुक्त ‘मूक्ति मोर्चा’ निर्माण गर्ने चेत को अभावमा कार्यकर्तागण भने किंकर्तव्यविमूढ छ।
No comments:
Post a Comment